सनलाई पाँचौं पटक बेस्ट फुटबलरको अवार्ड

इंग्लिस क्लब टोटेनहम हटस्परका दक्षिण कोरियाली फरवार्ड सन ह्युङ-मिनले लगातार पाँचौं पटक ‘बेस्ट फुटबलर इन एसिया अवार्ड’ जितेका छन् ।

उनले इरान तथा रुसी क्लब जेनिथ सेन्ट पिटर्सबर्गका सरदार अजमोन र इरान तथा पोर्चुगिज क्लब पोर्टोका मेहदी तारेमीलाई पछि पार्दै ९ वर्षमा पाँचाैंपटक महादेशकै वर्षका उत्कृष्ट खेलाडी चुनिएका हुन् । 

उनले सर्वाधिक २४२ अंक पाए । सरदार अजमोनले १११ अंक तथा मेहदी तारेमीले ९० अंक पाए । २९ वर्षीय सनले सन् २०२१ मा सबैखाले प्रतियोगितामा २१ गोल गरेका छन् । 

चिनियाँ पत्रिका ‘टाइटन स्पोर्ट’ले सन् २०१३ देखि दिन थालेको बेस्ट फुटबलर इन एसिया अवार्डलाई महादेशको ‘बालोन डी’ओर’ जस्तै मानिन्छ ।

एसियाली फुटबल महासंघ (एएफसी) का सदस्य ४७ देशमध्ये ३७ मुलुकका विज्ञ र थप १३ अतिथि निर्णायक रहेको यस अवार्डमा उनीहरूले वर्षमा उत्कृष्ट खेल प्रदर्शन गरेका ५ खेलाडीलाई क्रमशः ६, ४, ३, २ र १ अंक दिएका थिए । उनलाई ३१ विज्ञले पहिलो स्थानमा राख्दै अंक दिएका थिए ।





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार ११:२२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया