बालुवाटारमा उच्चस्तरीय राजनीतिक समितिको बैठक जारी
फाइल तस्बिर

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक समितिको बैठक जारी छ । सरकार सञ्चालनमा सहयोग गर्न गठित गरिएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित समितिका संयोजक रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी छन् । 

बैठकमा आगामी राष्ट्रिय सभाको निर्वाचन, एमसीसी परियोजना, संसद्को गतिरोध, प्रधानमन्त्री देउवाको भारत भ्रमण लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

साथै, संयोजक पौडेलले बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा भएका कुराकानी पनि प्रस्तुत गर्ने छन् । 





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार ११:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया