उत्तर कोरियाले गर्यो हाइपरसोनिक मिसाइल परीक्षण गरेको दाबी

उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरेको दाबी गरेको छ । 

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले बुधबार सफलतापूर्वक हाइपरसोनिक मिसाइलको परीक्षण गरेको रिपोर्ट आज सार्वजनिक गरेको हो । 

परमाणु निशस्त्रीकरण वार्ता रोकिएको बेला उत्तर कोरियाले सैन्य क्षमता विस्तार गर्दै दोस्रो पटक हाइपरसोनिक मिसाइल परीक्षण गरेको हो । 

यसअघि उत्तर कोरियाले गत सेप्टेम्बरमा पहिलो पटक हाइपरसोनिक मिसाइलको परिक्षण गरेको थियो । गत अक्टोबरपछि भने बुधबार कोरियाले पहिलोपटक मिसाइलको परीक्षण गरेको हो । 

उत्तर कोरियाले हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेपछि अमेरिका, दक्षिण कोरिया र जापानले त्यसको विरोध गरेका छन् । 

हाइपरसोनिक मिसाइल ब्यालेस्टिक मिसाइलको तुलनामा निकै तिव्र गति तल्लो सतहबाट लक्ष्य प्रहार गर्न सक्षम मानिन्छ । हाइपरसोनिक मिसाइलको गति ध्वनीको गतिभन्दा पाँच गुना बढी हुने गरेको छ । अर्थात हाइपरसोनिक मिसाइलको गति प्रतिघण्टा ६२ हजार किलोमिटर हुने गर्छ । 





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १६:२७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया