परराष्ट्रमन्त्री खड्का र जयशंकरबीच टेलिफोन संवाद

परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच संवाद भएको छ ।

खड्का र जयशं‌करबीच बिहीबार साँझ टेलिफोनमा कुराकानी भएको हो । आफूहरूबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्विटरमा उल्लेख गरेका छन् । 

उनले विकास साझेदारी र कोरोना महामारीविरुद्धको संघर्षमा सहकार्यका विषयमा पनि छलफल भएको पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएपछि दुई परराष्ट्र मन्त्रीबीच छलफल भएको हो । 

प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनको गृहराज्य गुजरातमा यही पुस २६ देखि २८ गतेसम्म आयोजना हुने भनिएको ‘गुञ्जायमान गुजरात’ विषयको विश्वस्तरीय सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो । भारतमा कोरोना संक्रमण बढेकाले उक्त कार्यक्रम रद्द भएको छ ।
 





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १९:२४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया