विद्यालयमा अनिर्वायरूपमा प्राविधिक पढाइ हुनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै विद्यालयमा अनिर्वायरूपमा प्राविधिक पढाइ हुनुपर्ने बताएका छन् । 

जिल्लाको शिखर नगरपालिका–६ स्थित हरिहर माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा आज उहाँले अहिलेको आवश्यकता भनेको प्राविधिक शिक्षा भएकाले सबै विद्यालयमा अनिवार्य प्राविधिक विषय पढाइनुपर्ने बताएका हुन् । 

उनले भने, 'आजको समाज प्रविधिमय भइसकेको छ, डिग्री गरेका युवा बेरोजगार छन् । रोजगारीमूलक प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्छ, अब बालबालिकालाई विद्यालयमै प्राविधिक शिक्षा दिनुपर्छ ।'

प्राविधिक शिक्षाको थालनी गर्ने विद्यालयलाई प्रदेश सरकारले पूर्णरूपमा सहयोग गर्नेसमेत मुख्यमन्त्री भट्टले आश्वासन दिए । प्रदेश सरकार पनि प्राविधिक शिक्षा क्षेत्रमा लगानी गरिरहेकाले सबै क्षेत्रका विद्यालयमा अब प्राविधिक पढाइ हुनुपर्ने उनको भनाइ थियो । 

प्राविधिक शिक्षा सञ्चालन नभएका कारण पनि शिक्षा क्षेत्रमा विकास हुन नसकेको मुख्यमन्त्री भट्टको जिकिर थियो । प्रदेश सरकारको कुल ४० लाखको आर्थिक सहयोगमा निर्मित उक्त विद्यालयको दुईतले भवनको समेत मुख्यमन्त्री भट्टले आजै उद्घाटन गरेका थिए ।





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार २०:१०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया