१४ जिल्लाका प्रजिअ र सहायक प्रजिअको जिम्मेवारी हेरफेर

सरकारले १४ जिल्लाका प्रजिअ र सहायक प्रजिअको जिम्मेवारी हेरफेर गरेको छ । गृह मन्त्रालयले मन्त्रालयमातहतका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको हो । 

सहसचिव छविलाल रिजाल सुर्खेतबाट झापा सरुवा भएका छन् । सहसचिव खगेन्द्रप्रसाद रिजाल कैलालीबाट सुर्खेत र सहसचिव रमेशप्रसाद ढकाल गृहबाट बाग्लुङको प्रजिअमा पठाइएका हुन् । 

त्यस्तै, उपसचिवहरुमा माधव ढुंगेल गृहबाट इलाम, बाबुराम अर्याल मकवानपुरको सहायक प्रजिअबाट बझाङ, परमानन्द घिमिरे गृहबाट पश्चिम रुकुम, बुटवल इलाका प्रशासन कार्यलयका उपेन्द्रराज पौडेल बाजुरा, बाँकेका सहायक प्रजिअ सिद्धराज उपाध्याय दार्चुला र गृहका दिलकुमार तामाङ ओखलढुंगाको प्रजिअमा पुगेका छन् ।

इलामका ध्रुवबहादुर खड्का गृह, रुकुम पश्चिमका बद्रीनाथ गैरे मकवानपुरको सहायक प्रजिअ, बाजुराका गोपाल अधिकारी, दार्चुलाका सिद्धराज जोशी र ओखढुंगाका बन्दना राई गृहमा सरुवा भएका छन् । 





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार २१:०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया