निर्वाचन आयोगमा दर्ता भयो रमेश खरेल नेतृत्वको सुशासन पार्टी

नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआइजी) रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । 

सोपार्टीलाई निर्वाचन आयोगले बुधबार प्रमाण पत्र दिएको हो । अध्यक्ष खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा छिट्टै सिद्धान्त, विचार र उद्देश्य सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।  

'नेपाल सुशासन पार्टी (नेसुपा)ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेसुपा छिटै दल घोषणा सभामार्फत आफ्ना सिद्धान्त, विचार र उद्देश्यहरु जनतामाझ राख्ने तयारीमा रहेको छ ।’ 

नेपाल सुशासन पार्टीको ४७ सदस्यीय केन्द्रीय समितिलाई निर्वाचन आयोगले सनाखत गरेको छ । पार्टीको उपाध्यक्षमा राजकुमार यादव, चन्द्रवीर नेम्वाङ, गोविन्दप्रसाद रिजाल, शंकरलाल श्रेष्ठ र टुलराज बस्याल छन् । पार्टीको महासचिवमा गोविन्द गिरी रहेका छन् ।

त्यस्तै, सचिवहरुमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं, विनयकुमार झा, अरुण शर्मा र पुष्पा खरेल भट्ट छन् । कोषाध्यक्षमा भक्तबहादुर श्रेष्ठ र सहकोषाध्यक्ष मीनकुमार श्रेष्ठ छन् । केन्द्रीय सदस्यहरुमा गणेश घिमिरे, विनादेवी, प्रदीप चौधरी, अनिल पटेल, बासुदेव तिवारीलगायत छन् ।





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार २१:१०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया