मैले राजतन्त्रको एजेण्डा बोक्दा ‘सिनो’ बोकेर हिँडेको आरोप लगाउनेहरुको राजतन्त्रप्रति नयाँ मोह देखेर हाँसो र उदेक लागेको छ : कमल थापा
‘नैतिक आधारमा राप्रपाबाट अलग हुन सक्छु, तर कदापि फुटाउने छैन'

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आफू राप्रपाबाट अलग हुने सक्ने संकेत गरेका छन् । बिहीबार बेलुकी सामाजिक सञ्जालमार्फत उनले आफूले राप्रपा कदापि नफुटाउने घोषणा गरेका छन् । 

आफूले राजतन्त्रको एजेण्डा बोक्दा ‘सिनो’ बोकेर हिँडेको आरोप लगाउनेहरुले नै अहिले राजतन्त्रप्रति मोह देखाएकोमा हाँसो र उदेक लागेको उनले बताएका छन् । 

‘म निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा छैन। राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीति भन्दा माथी बस्न नचाहने स्पष्ट संकेत मिलेको छ,’ उनले लेखेका छन्, ‘मेरो समस्या र पीडा त्यही हो। यो प्रसंगलाई हारजितसँग जोडेर हेर्नेहरुले समस्याको जडलाई बुझ्न सक्दैनन्। उनीहरुको विवशता  प्रति मेरो दया छ।’





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार २१:४२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया