स्वास्थ्यमन्त्री खतिवडा र जापानका राजदूतबीच शिष्टाचार भेट

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेटघाट भएको छ । 

बिहीबार स्वास्थ्य मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीच आपसी परस्परिक सहयोग वृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

सो अवसरमा जापानी राजदूतले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा जापानले सक्दो सहयोग गर्ने बताएका थिए। 

जापानले यसअघि कोरोनाविरुद्धको खोप पनि अनुदान सहयोग गरेको थियो।





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार २१:४८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया