एमालेको जिल्ला अधिवेशन आज, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

नेकपा (एमाले) ले आज ७७ वटै जिल्ला अधिवेशन सुरु गर्दैछ । ​अधिवेशनको उद्घाटन बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा गर्दैछन् ।

उनले पार्टी केन्द्रीय कार्यालयको ‘एक्सन रुम’बाट अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेले १० औं महाधिवेशन एक महिनाअघि नै सम्पन्न गरे पनि जिल्ला अधिवेशन भने बाँकी नै राखेको थियो ।  

जिल्ला कमिटीमा चुनिन एमालेले मापदण्ड निर्धारण गरेको छ । नयाँ मापदण्डअनुसार जिल्ला कमिटीको अध्यक्ष वा पदाधिकारी हुनका लागि कम्तिमा दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालय सदस्य भएको हुनुपर्नेछ ।

त्यस्तै, जिल्ला कमिटीको सदस्य बन्न जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ । एकता एकीकरणबाट समाहित भएकाहरूको हकमा भने विधानको धारा ६३ (११) अनुसार नै हुने पत्रमा उल्लेख गरिएको छ ।   





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार ६:५७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया