एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

नेकपा (एमाले) को नवौं जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो । 

जिल्ला कमिटीको बैठकले आगामी २३ माघसम्मका लागि अधिवेशन स्थगन गर्ने निर्णय गरेको जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए ।

मौसम प्रतिकूलता र पार्टीका विविध समस्याका कारण जिल्ला अधिवेशन एक महिना पछि सरेको एमाले हुम्लाले जनाएको छ । साथै, बैठकले नेकपा (एमाले) मा नवप्रवेशीलाई स्वागत गर्ने निर्णय गरेको जनाइएको छ ।

एमालेले आजदेखि जिल्ला अधिवेशन सुरु गर्दैछ । 





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार ८:५६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया