एमाले जिल्ला अधिवेशन : ६१ जिल्लामा मात्र अधिवेशन हुने

नेकपा एमालेले आज(शुक्रबार) ६१ जिल्लामा मात्र अधिवेशन गर्ने भएकाे छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे केन्द्रीय कार्यालयबाट भर्चुअल रूपमा अधिवेशनकाे उद्घाटन गर्नेछन् ।

आज अधिवेशन नहुने जिल्लाका लागि चाँडै नै मिति ताेक्ने तयारी गरिएकाे नेता विष्णु रिजालले जानकारी दिए ।

सप्तरी, संखुवासभा, राेल्पा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकाेट र बझाङमा आज अधिवेशन नहुने भएकाे छ ।

एमालेले १०औं महाधिवेशन एक महिनाअघि नै सम्पन्न गरे पनि जिल्ला अधिवेशन भने बाँकी नै राखेको थियो ।  

जिल्ला कमिटीमा चुनिन एमालेले मापदण्ड निर्धारण गरेको छ । नयाँ मापदण्डअनुसार जिल्ला कमिटीको अध्यक्ष वा पदाधिकारी हुनका लागि कम्तिमा दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालय सदस्य भएको हुनुपर्नेछ ।



त्यस्तै, जिल्ला कमिटीको सदस्य बन्न जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ । एकता एकीकरणबाट समाहित भएकाहरूको हकमा भने विधानको धारा ६३ (११) अनुसार नै हुने पत्रमा उल्लेख गरिएको छ । 



  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार ९:५०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया