राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारकाे नाम आज सार्वजनिक हुने

राष्ट्रिय सभा निर्वाचनमा मनाेनयन दर्ता गराएका उम्मेदवारकाे नामावली आज(शुक्रबार) सार्वजनिक हुँदैछ । 

निर्वाचन आयाेगले दिउँसाे ३ बजेपछि उम्मेदवारकाे नामावली सार्वजनिक गर्ने बताएकाे हाे ।

आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेकाे जानकारी दिए। 

राष्ट्रिय सभाकाे निर्वाचन आगामी माघ १२ गते हुँदैछ । निर्वाचनमा १९ रिक्त पदका लागि विभिन्न राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

पाैडेलका अनुसार भाेलिसम्म उम्मेदवारले नाम फिर्ता गर्न पाउनेछन् ।

आयाेगले पुस २५ गते अन्तिम नामावली प्रकाशन गर्नेछ ।





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार ११:१५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया