‘आरजु बतास समूहको सल्लाहकार मात्र होइन, सेयर होल्डर नै हुन्’

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले बतास समूहको सल्लाहकार नरहेको प्रष्ट पारिन् । सामाजिक सञ्जालमार्फत् उनले आफू विभिन्न ६ वटा संस्थामा बाहेक कहीं कतै संलग्नता नरहेको प्रष्ट पारेकी थिइन् । तर, उनी बतास समूहको सल्लाहकार मात्र नभई सेयर होल्डर समेत रहेको खुल्न आएको छ ।

बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले आफू देउवा निकट रहेको र आरजु सेयरहोल्डर नै रहेको प्रष्ट पारेका हुन् । उनले एक टेलिभिजनले गरेको स्टिङ अप्रेसनको क्रममा उनले भने, ‘सबैलाई थाहा छ, बतास शेरबहादुर देउवाको नजिकको मान्छे । मैले उनीहरूको पैसा चलाउँछ भन्छन् । एक रुपैयाँ पनि चलाएको देखाओस् । मलाई दुःख लाग्छ ।’ 

देउवाको मान्छे भएपछि धेरै सहयोग मिलेको उनको भनाइ छ । 

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पालामा विभिन्न प्रोजेक्ट हात पारेका थिए। तर, उनी भने आफू देउवाको विशेष मान्छे भएको दाबी गरेका छन् । 

‘म शेरबहादुर देउवाको मान्छे । तीनवटै काम ओलीको पालामा भएको छ । कम्युनिस्टहरूले मलाई दिन्थे । प्राविधिक रूपमा पास भए र टेण्डर पाए । कम्युनिस्टबाट कम्युनिस्टले र कांग्रेसबाट कांग्रेसले मात्र पाउने भन्ने तँलाई लाग्छ ?  ब्युरोक्रेसीमा त खेल्न सक्नुपर्छ‍’, बतासले भने । 

उनले ब्युरोक्रेसीलाई आफ्नो हातमा नलिएर कुनै पनि काम नहुने उनको भनाइ छ । आफूलाई केपी ओलीको ज्वाइँ भन्ने पनि गरिएको बताए । 



उनले भने, ‘मेरो ससुराली भद्रपुर । ओलीजीले मलाई ज्वाइँ भन्नुहुन्छ । चार वर्ष भयो मेरो भेट नभाको ।’ 

‘कुनै पनि टेण्डर हात पार्न समझदारीले मात्र हुँदैन । कुन चाँहि टेण्डर कुनै विक्रम पाण्डेलाई, कुनै उसलाई त हो नि हजुर । केही नगरेर सिधै त हुनुपर्‍याे नि काम’,  उनले थपे । 



सल्लाहकारबाट हटाइयो 

बतास समूहकै संस्था बतास फाउण्डेसन २००८ मा स्थापना भएको संस्था हो । उक्त संस्थाको सल्लाहकार थिइन्, आरजु । आरजुसँगै अन्य तीन जना पनि सल्लाहकारमा थिए । बतास समूहको विवाद उत्कर्षमा पुगेपछि फाउण्डेसनले आफ्नो वेबसाइटबाट उनको नाम हटाएको थियो । नाम हटाएको केही समयपछि फाउण्डेसनको वेबसाइट नै बन्द भयो । 

बढी भिजिटरले हेर्न थालेपछि उक्त साइट डाउन भएको वेब डिजाइनर गणेश ठगुन्नाले बताए । ‘साइट बन्द गरिएको होइन । धेरै भिजिटर भएपछि ब्याण्डविथ लिमिट भएको हो’,  ठगुन्नाले भने । 

बतास समूहले भने आरजु आफ्नै समूहको रहेको प्रष्ट पारेको हो । आरजुले भने आफू विभिन्न ६ वटा संस्थामा मात्र आबद्ध रहेको प्रष्ट पारेकी थिइन् । उनको भनाइलाई बतास समूहका अध्यक्ष आनन्दराज बतासले झुटो सावित गराइदिए ।

नारायणहिटीमा रेस्टुरेन्ट चलाउने बतास समूहको एडभाइजर नै प्रधानमन्त्री पत्नी आरजु

नारायणहिटीमा मात्रै होइन, नेताहरूलाई प्रभाव पारेर अरू सांस्कृतिक सम्पदामा पनि बतासको बिजनेस

बताससँग नाम जोडिएपछि आरजुको प्रतिक्रिया : यो संस्थामा मेरो संलग्नता छैन

बतास समूहले आरजुलाई सल्लाहकारबाट हटायो

  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १२:७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया