[फरकधार राउण्डटेबल] विदेशमा अध्ययनमा नयाँ सम्भावना छ, चुनौती पनि छः विज्ञान श्रेष्ठ

(नोटः उच्च शिक्षा अध्ययनका लागि वर्षेनी नेपाली विद्यार्थीहरु अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, भारतलगायतका देशमा जान्छन् । तर, दुई वर्ष यता कोरोनाभाइरस महामारीका कारण यो सम्भव हुन सकेको छैन । अब विस्तारै विश्वभरका देशहरुले आफ्नो सीमा खोलेका छन्, विद्यार्थीहरु पढ्नका लागि विदेश जान थालेका छन् । यही सन्दर्भमा फरकधारले शैक्षिक परामर्शदाताहरुसँग राउन्डटेबल आयोजना गरेको थियो– विदेशमा उच्च शिक्षाः अहिलेका अवस्था, अवसर र चुनौती । त्यही राउन्ड टेबलमा सहभागीहरुको विचार हामीले क्रमशः प्रकाशन गरिरहेका छौँ ।) 

डेढ वर्षभन्दा बढी समय कोरोनाभाइरसका कारण बन्द भएको अष्ट्रेलियालगायतका केही देशका सीमा अब विस्तारै खुल्न थालेका छन् । विद्यार्थीहरु अब विदेश जान थालेका पनि छन् ।

हिजो भिसा पाइसकेका तर कोरोना महामारीका कारण जान नपाएका विद्यार्थीहरु र अहिले भिसा पाएका विद्यार्थीहरु जाने क्रम बढेको छ । हो, अहिले कोरोनाभाइरसका कारण विद्यार्थीहरुका लागि चुनौति नै छ, बोर्डरहरुमा पनि विभिन्न स्वास्थ्यका मापदण्डहरु नभएका होइनन् । अब हामीले यो सूचनालाई व्यापक रुपमा फैलाउनु पर्ने हुन्छ ।

अहिले विद्यार्थीहरु बोर्डर इस्युका कारण बाटोमा अलपत्र परेको समाचार पनि आएका छन् । हामीजस्ता शैक्षिक परामर्शदाताहरु त्यसैले पनि अझ बढी सचेत हुनु पर्ने देखिन्छ । हाम्रो भूमिकाको आवश्यकता अब छ ।

विद्यार्थीहरुलाई असहज नहोस् भनेर हामीले सूचना दिने प्रणालीलाई थप प्रभावकारी बनाउनु पर्छ । कमसेकम हामी व्यवसायिक काम गर्ने एजेन्सीहरुले विभिन्न किसिमका गल्तीहरु गर्नु हुँदैन, हामीलाई गल्ती गर्ने छुट हुनु हुँदैन । 

शिक्षा भनेको गतिशिलता हो । विद्यार्थीहरु विश्वभर एउटा देशबाट अर्को देशमा उच्च शिक्षाका लागि जाने ट्रेन्ड छ, नेपालमा पनि यो ट्रेन्ड सुरु भएको लामो भयो, अहिले अलिक बढ्न थालेको पनि देखिन्छ । तर, विदेश पढ्न जाने विद्यार्थीलाई एकैपटक धेरै सूचना नहुन सक्छ, हामीले सही सूचना दिने र विद्यार्थीको भविष्य राम्रो बनाउनेमा केन्द्रित हुनु पर्ने देखिन्छ । 



हामीले नायर बनाएको वा अष्ट्रेलियन एजुकेसन सेन्टर भनेर एउटा भवन लिएर नै शिक्षा दिन थालेको पनि त्यसैले हो । हामी हाम्रो भेन्यु एजेन्सी, विश्वविद्यालय तथा विद्यार्थीहरुका लागि होस् भन्ने चाहन्छौँ । विद्यार्थीहरुले यसबाट शिक्षा लिउन् र भविष्य सुन्दर बनाउन् भन्ने चाहन्छौँ ।

अहिलेका लागि हाम्रो सबैभन्दा ठूलो चुनौती भनेको राइट इन्फर्मेसन हो । अहिलेको यो चुनौती वा च्यालेन्जलाई हामीले कसरी ‘कोप गर्ने’ भन्ने विषयमा सोच्नु जरुरी छ ।



हो, विदेश अध्ययनका लागि मार्केट अब खुल्न थालेको छ । तर, यसका साथसाथै हामीसँग विभिन्न चुनौती पनि छ, हामीले यस विषयमा बारम्बार छलफल गरेका छौँ, सरोकारवालाहरुलाई पनि बोलाएका छौँ, सचेत गराएका छौँ । हामीलाई धेरै कुरामा मिडियाको पनि साथ रहेको छ । हामी सबै विद्यार्थी, अभिभावक, एजेन्सी, कलेज तथा शिक्षण संस्था, सरोकारवाला निकाय र मिडिया सँगसँगै हिँड्यौँ भने हामीले राम्रो गर्न सक्छौँ ।

(श्रेष्ठ नायरका अध्यक्ष हुन् ।)
 

भिडियाे: 


  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १२:२७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया