राष्ट्रियसभा निर्वाचन नजिकिँदा शर्मा र आङ्देम्बे पूर्वी पहाडी जिल्लामा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ताप्लेजुङ पुगेका छन् । पार्टीको साब्लाखुमा आज हुने कार्यक्रमलाई उनले सम्बोधन गर्ने छन् ।

शर्माका साथमा सहमहामन्त्री भीष्मराज आङ्देम्बे छन् । दुवैजना प्रदेश १ कै हुन् । राष्ट्रियसभा निर्वाचन आउन लाग्दा कांग्रेस नेताहरूको दौडधुप जारी छ ।

१२ माघमा निर्वाचन हुने भएको छ । प्रदेश १ मा अन्य प्रदेशमा भन्दा सत्तारूढ पाँच दलीय गठबन्धन र एमालेबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ । 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रले पनि गठबन्धनका राष्ट्रियसभा सदस्यको उम्मेदवारलाई जिताउन मतदाताहरूलाई आग्रह गरिसकेको छ ।

यही अवस्थामा कांग्रेस महामन्त्री शर्मा र सहमहामन्त्री आङदेम्बे सुदूरपूर्वी क्षेत्रका जिल्लाहरूमा पुगेका हुन् । उनीहरूले पार्टीले आयोजना गरेको कार्यक्रमहरूलाई सम्बोधन गर्दै आएका छन् ।


 





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १२:२४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया