हाम्रो नीति स्पष्ट छ, अरुले हाम्रा दस्तावेज नपढी आलोचना गरिरहेका छन्ः केपी शर्मा ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले लिएका नीतिहरु स्पष्ट भएको बताएका छन् । उनले आफूहरुले पछिल्लो समय दस्तावेजमा भएका विषयहरुमा स्पष्ट रुपमा अगाडि बढिरहेको पनि बताएका छन् ।

एमालेको जिल्ला अधिवेशनलाई भर्चुअल रुपमा उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । 

उनले आफ्नो पार्टीको विदेश नीति, सामाजिक नीति, पूर्वाधार नीति तथा आर्थिक नीति तथा साधनस्रोतको विषयमा पनि आफूहरु स्पष्ट भएको बताएका छन् । 

‘प्रविधिको हस्तान्तरण र आर्थिक हिसाबमा हामीले कसरी प्रश्न लिन्छौँ भन्ने पनि कुरा बाहिर आएको थियो,’ उनले भने, ‘हामीले हाम्रा नीतिहरु स्पष्ट बनाएका छौँ ।’ उनले १० औं महाधिवेशनमा आफूहरुले नेतृत्व छान्नुभन्दा दुई महिनाअघि आफूहरुले विधान महाधिवेशन गरेको पनि बताएका छन् । 

उनले आफूहरुमाथि भएका टिकाटिप्पणीले आफूलाई थप अगाडि बढाउन सहयोग गर्ने पनि बताएका छन् । उनले लोकतन्त्र, सामाजिक न्याय तथा अन्य सवालमा आफूहरु प्रष्ट भएको पनि बताएका छन् ।

‘कमिकमजोरी भए देखाउनुहोला,’ उनले भने, ‘त्यसका लागि पहिले दस्तावेजहरुमा जानुहोस् ।’





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १२:५२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया