नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनलाई भर्चुअल रुपमा सम्बोधन गर्दै मानवजाति निकै महत्त्वपूर्ण भएको बताएका छन् । उनले मानवजातिले जे चाहने हो, त्यो गर्ने बताएका छन् ।
ओलीले आफ्नो पार्टीबारे अनावश्यक भ्रम फैलाएको भन्दै पनि आपत्ति पनि जनाएका छन् । उनले सम्बोधनमा भनेका छन्, ‘हाम्रो पार्टीमाथि अहिले विभिन्न भ्रम फैलिएका छन्, तर ती गलत छन् ।’
उनले १२ माघमा हुने राष्ट्रिय सभामा आफ्नो पार्टीले राम्रो गर्ने बताएका छन् । उनले राष्ट्रिय सभा निर्वाचनमा हिजो निर्वाचित जनप्रतिनिधिबाट निर्वाचित हुने पनि बताएका छन् । यसका कारण आफूहरु बलियो भएको बताएका छन् ।
उनले अहिलेको पाँच दलीय गठबन्धनभन्दा आफूहरु बलियो भएको पनि बताएका छन् । ‘हामी एक्लै अरु पाँच दलीय गठबन्धनभन्दा बलियो छौँ,’ ओलीले भनेका छन्, ‘हामीले अब तीनै तहका निर्वाचनमा हानिकारक प्रहार हुनसक्ने भनेको यो नै हो, हामीलाई फुटाइएको छ । तर, अब जनतामा जाँदा त्यस्तो हुँदैन ।’
उनले अहिले गठबन्धन निर्वाचनसम्म जानु पर्ने आवाज जो कमजोर छ उसले उठाइरहेको पनि बताएका छन् । ‘नेकपा एमाले एक्लै चुनौतिहरुको सामना गर्न सक्छ,’ ओलीले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।