अदालतबारे फेरि खनिए ओली
फाइल तस्वीर ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि अदालतको आलोचना गरेका छन् । प्रधानमन्त्री रहँदा ओलीले विघटन गरेको प्रतिनिधिसभा दुई पटक सर्वोच्च अदालतले पुनस्र्थापना गरेको थियो ।

२८ असारमा सर्वोच्च अदालतले परामेदश दिँदै ओलीलाई प्रधानमन्त्रीबाट हटाएको थियो ।

‘परमादेशले एकछिनका लागि काम गर्छ, त्यो सधैंका लागि हुँदैन,’ ओलीले भनेका छन्, ‘जनादेश ठूलो कुरा हो, जनताले मताधिकार प्रकट गर्ने अवसर पाएका छन् । त्यसको प्रतीक्षा हामी गरिरहेका छौँ ।’

ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्दै गरेको भर्चुअल सम्बोधनमा नेता तथा कार्यकर्तालाई चुनावको तयारीमा लाग्न पनि बताएका छन् । उनले अहिले पार्टीमा प्रवेश गर्नेको संख्या बढेको बताएका छन् ।

‘अहिले हामी प्रतिपक्षमा हुँदा पनि एमाले प्रवेश गर्नेको संख्या निकै बढेको छ,’ उनले भनेका छन्, ‘एमालेमा लाभका लागि होइन, देशका लागि लड्ने र देश बनाउने पार्टी हो भन्ने थाहा पाएर नै मानिसहरु एमालेमा प्रवेश गरेका हुन् ।’





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १३:७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया