अहिलेको सरकार सरकारमा बस्न सुहाउने सरकार होइनः ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार सरकारमा बस्न सुहाउने सरकार नै नभएको बताएका छन् । 

‘सरकारमा बस्न सुहाउन मिल्ने सरकार भएको भए यो जनताले निर्वाचित गर्ने थिए,’ ओलीले भनेका छन् । उनले अदालतका कारण नै यो सरकार बनेको भन्दै यो सरकारलाई असंवैधानिक क्रियाकलापबाट जन्मिएको बताएका छन् । 

उनले जनताको अदालतले यसलाई फेरि हटाउनु पर्ने र तीन करोड नेपालीले एक जुट आवाज राख्नु पर्ने पनि बताएका छन् । 

ओलीले जनताको अदालतमा यो सन्देश लिएर जान पनि कार्यकर्तामा आग्रह गरेका छन् । उनले भनेका छन्, ‘देशले नेकपा एमालेबाट धेरै अपेक्षा गरेको छ, जनता एमाले हेरेर आशा र भरोसमा छन् ।’





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १३:५१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया