ओमिक्रोन भेरियन्ट पत्ता लगाउने प्रविधि ६ स्थानमा थपियो
फाइल तस्वीर

कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लगाउने प्रविधि विस्तार गरिएको छ । अहिलेसम्म टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हुँदै आएको थियो । 

अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित अन्य ६ प्रयोगशालामार्फत जिन सिक्वेइन्स गरिने भएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाल प्रदेश नम्बर २ र भेरी अस्पतालबाट एस–जीन स्क्रिनिङ गर्ने सुविधा थपिएको हो । 

आगामी दिनमा थप स्थानमा पनि आवश्यकताको आधारमा थप गर्न सकिने मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् । 

कोरोना संक्रमण पत्ता लगाउनको अहिले देशभर ८९ वटा प्रयोगशाला छन् । ती सबै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मातहत छन् ।





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १३:४३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया