सहकारीले ऐन विपरीत बढाएको ब्याजदर घटाउनुपर्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरूले पछिल्लो समय सहकारी ऐन विपरीत बढाएको ब्याजदर घटाउनु पर्ने बताएकी छन् ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले यस्ताे बताएकी हुन् ।

सहकारीकाे ब्याजदर घट्दा घट्ने र बढ्दा बढ्ने भन्दा पनि नेपालमा बढ्दा बढाउने तर घट्दा घटाउने चलन नरहेकाे उनकाे भनाइ छ ।

उनले भनिन्, ‘नेपालमा कुनै पनि वस्तु तथा सेवामा अन्तर्राष्ट्रिय रूपमा मूल्य बढ्दा बढाउने गरेका छन् । तर घट्दा नघटाउने प्रचलन छ ।अहिलेको अवस्थामा ब्याजदर बढाउने होइन, सहकारीलाई परेको समस्या अन्य माध्यमबाट समाधान गर्नु पर्छ । ब्याजदर बढाएर सहकारीको दायर धेरै फाइदा हुने पनि हुँदैन ।’   

उनले सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने भएकाले तत्लो तहका जनताले सेवा पाउने गरी सहकारीहरूले काम गर्नुपर्नेमा जाेड दिइन् ।

‘सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने भएकाले तत्लो तहका जनताले सेवा पाउने गरी सहकारीहरूले काम गर्नुपर्छ । सरकारले सहकारीलाई राष्ट्रहित र जनहितका आधारमा सहकारी नीति बनाउने गरी भिजन पेपर तयार भइरहेको छ । केही दिनमा सार्वजनिक हुन्छ । मन्त्रालयले स्वास्थ्य समूहको हितमा नभई जनताको हितमा काम गर्ने गरी नीति बनाउने छ’, श्रेष्ठले भनिन्।



मन्त्री श्रेष्ठले पछिल्लो समय सहकारीहरू वित्तीय सुशासनभन्दा बाहिर गएर तथा सहकारी ऐन भन्दा विपरीत काम गरेकाले जनतासामु विश्वास गुमाउँदै गएको बताइन् । 

यसैगरी उनले सहकारीमा पछिल्लो समय देखिएका समस्या तथा गुनासाहरू समाधानको लागि सरकार तयार रहेको स्पष्ट पारिन् ।



  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १३:४७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया