भारतमा ३ हजार नाघ्यो ओमिक्रोन भेरियन्टका संक्रमितको संख्‍या

नेपालको छिमेकी देश भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या तीव्र रूपमा बढेको पाइएको छ । अहिलेसम्म भारतमा ३ हजार ७ संक्रमित भेटिएका छन् ।

हाल यहाँ ३ हजार ७ जना ओमिक्रोनका संक्रमित रहेका मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । ओमिक्रोनका ती संक्रमितमा १ हजार १ ९९ जना भने निको भइसकेका जनाइएको छ ।

आज १ लाख १७ हजार १०० संक्रमित भएका थपिएका छन् । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार संक्रमित भएका छन्।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या तीन लाख ७१ हजार तीन ६३ रहेका छ ।

३० हजार ८३६ जना आज निको भएको बताइएको छ । देशभर आज ३०२ संक्रमितको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १४:५३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया