टि–२० अन्तर्राष्ट्रियमा आईसिसीको नयाँ नियम

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले टि–२० अन्तर्राष्ट्रियमा नयाँ नियम लागू गरेको छ ।

आईसीसीका अनुसार पुरुष र महिला दुवै अन्तर्राष्ट्रिय खेलमा ढिलो बलिङ गर्ने टोलीलाई खेलकै दौरान जरिवाना गरिनेछ । 

आईसीसीको ओभररेट नियम अनुसार फिल्डिङ गरिरहेको टोलीले अन्तिम ओभरको पहिलो बल पारी अन्त्य हुने समयमा फालिसकेको हुनुपर्नेछ । 

अन्यथा सो टीमले ३० यार्ड बाहिर ४ जना मात्र फिल्डरलाई राख्न पाउनेछ । 

यो नियम १६ जनवरीमा वेस्ट इन्डिज र आयरल्यान्डबीच हुने टि–२० खेलमा पहिलो पटक लागू हुनेछ ।

आईसीसीले अन्तर्राष्ट्रिय सिरिजका क्रममा साढे दुई मिनेटको अतिरिक्त ब्रेक लिन सक्ने नियम पनि ल्याएको छ । 




 



  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १६:१२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया