स्थानीय चुनाव विशेष कार्ययोजना बनाउन कांग्रेस महामन्त्री थापाको निर्देशन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको चुनाव विशेष कार्ययोजना बनाउन आग्रह गरेका छन् । कार्ययोजना बनाएर मात्रै निर्वाचनमा कांग्रेस जानुपर्ने बताए ।

गोरखामा शुक्रबार आयोजित जिल्लास्तरीय नेतृत्व विकाससम्बन्धी प्रशिक्षणमा महामन्त्री थापाले कार्ययोजना जिल्ला, पालिका र वडाले बनाउनुपर्ने बताएका छन् । कार्ययोजनापछि जनताको बीचमा जानुपर्नेमा र उनीहरूको पक्षमा काम गर्न आग्रह गरे ।

‘स्थानीय चुनावलक्षित विशेष कार्ययोजना बनाएर निर्वाचनको मोडमा जानुपर्ने अवस्था आइसकेको छ । तपाईंहरू कार्ययोजना लिएर तल जानुहोस् । जनताको बीचमा जानुहोस्’, महामन्त्री थापाले भने, ‘ कांग्रेस चाहिनेबेला जनताको पक्षमा कम बोल्छ । आफ्नो साथीको बारेमा बोल्नुपर्‍यो भने चाहिनेभन्दा बढी बोल्छ । यो पाराले कांग्रेस सधैँभरि रक्षात्मक अवस्थामा हुन्छ ।’

महामन्त्री थापाले कम्युनिस्टका कार्यकर्ताले भनेको कुरामा कांग्रेस कार्यकर्ताले ‘हो’ भन्ने गरेको बताए । वास्तविकता थाहा पाउन आफैंले पढ्नुपर्नेमा थापाको जोड छ ।





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १६:१४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया