सरकारलाई ओलीको चुनौती : चैत मसान्तमा काठमाडौंमा पानी झारेर देखाओस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं झारेर देखाउन चुनौती दिएका छन् ।  काठमाडौंको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सो चुनौती दिएका हुन् ।

उनले चुनौती दिँदै भनेका छन, ‘म काठमाडौंका जनतालाई भन्न चाहन्छु सरकारले कान खोलेर सुनोस् हाम्रो मेख मार्न पनि चैत मसान्तमा काठमाडौंमा पानी झारेर देखाओस् । म चुनौती दिन चाहन्छु  ।’

साथै, उनले शेरबहादुर देउवा नेतृत्वको यो सरकारलाई पन्चमुखी सरकार भएको बताएका छन् । ‘यो पन्चमुखी सरकार छ । आफ्नो आफ्नो टाउका बोकेको, आफ्नो आफ्नो स्वार्थ बोकेको । कहिले कहिले एमालेले उछिन्ला भन्ने डरले, एमालले सिद्धाउला भन्ने डरले देश र जनताको नाम लिनुपरेको यस्तो सरकार छ ।’

उनले अघि भने, ‘तर, जनतालाई थाहा छ नेकपा एमाले बिना यो देश बन्दैन् । धेरै वर्षदेखि मेलम्चीको पानीको हामीले कुरा गर्यौं । तर, एमालेको सरकार ०७४ सालमा भने मेलम्ची उतै बगिरहन्थ्यो, पानी काठमाडौंमा झर्ने थिएन ।’

एमालेले मेलम्चीको पानी काठमाडौंमा झारेको दाबी गरे । ‘एमालेले मेलम्चीको पानी झार्यो काठमाडौंमा । एउटा बाढीले अलिकति बिगार्यो । हामीले त अंग्रेजी नयाँ वर्षअघि काठमाडौंमा पानी झार्छौं भनेका थियौं । सरकार षड्यन्त्रपूर्ण ढंगबाट झारेपछि हामीले त्यो काम गर्न सकेनौं’ उनले भने, ‘म काठमाडौंका जनतालाई भन्न चाहन्छु सरकारले कान खोलेर सुनोस् हाम्रो मेख मार्न पनि चैत मसान्तमा काठमाडौंमा पानी झारेर देखाओस् । म चुनौती दिन चाहन्छु  ।’

ओलीले अहिलेको सत्ता गठबन्धन एमालेलाई सरापेर बसेको आरोप लगाए । उनले भनेका छन्, ‘अहिलेको सत्ता गठबन्धन जम्माजम्मी एमालेलाई सरापेर बसेको छ । जम्माजम्मी उसको काम एमालेलाई सराप्ने ।’





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १६:१८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया