गठबन्धनकारीको एजेन्डा एमाले सिध्याउने, ओलीलाई धरासायी बनाउने : ईश्वर पोखरेल

नेकपा एमालेका नेता ईश्वर पोखरेलले गठबन्धनको एजेन्डा एमाले र केपी ओलीलाई सिध्याउने भएको बताएका छन् । एमालेको काठमाडौंको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

'अहिले गठबन्धनकारी शक्ति छ । त्यो गठबन्धनकारी शक्ति त्यसको एउटै एजेन्डा छ एमाले सिध्याउने । त्यसको एउटै एजेन्डा छ केपी ओलीलाई धरासायी बनाउने,' उनले भने । उनले सत्तारुढ गठबन्धनले विकास निर्माणका काममा ध्यान नदिएको पनि गुनासो गरे ।

उनले एमालेको महाधिवेशन सकिएपछि पार्टीका बारेमा विभिन्न टीकाटिप्पणी भएको उल्लेख गर्दै आफूले त्यसको जवाफ दिन नचाएको बताए । उनले आफूहरूले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न चाहेको तर कतिपयले लोकतान्त्रिक विधिलाई आंशिक रूपमा बुझेको उनको तर्क छ ।

'हामीहरूले नेतृत्व चयन गर्ने विषयलाई विल्कुल एउटा लोकतान्त्रिक विधिद्वारा त्यसलाई सम्पन्न गर्नुपर्छ भन्ने मान्यता राख्छौँ । दुनियाँले बुझोस् एमाले नेतृत्व चयन गरिँदा लोकतान्त्रिक विधिद्वारा त्यसलाई टुंग्याउन चाहन्छ । लोकतान्त्रिक विधिका कुरा गर्दा कतिपयले आंशिक बुझेका छन् । चुनाव लड्ने, प्यानल बनाउने, समूह बन्दी गर्ने, कोही पक्षमा, कोही विपक्षमा मत हाल्ने, कसैले जित्ने, कसैले हार्ने । यही हो लोकतान्त्रिक विधि भनेर यति कुरा मात्रै बुझ्ने मान्छेहरू पनि छन्,' उनले भने ।

उनले लोकतान्त्रिक विधि यी मात्रै नभएको पनि तर्क गरे । उनले अहिलेको चाहनालाई ख्याल गरेर सर्वसम्मतिबाट नेतृत्व चयन हुन उन्नत किसिमको लोकतन्त्र हुने बताए । उनले नेता कार्यकर्ताहरूलाई सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरे । उनले समूह बन्दी बनाएर पार्टीलाई अगाडि बढाउन सकिँदैन भन्ने पक्षमा एमाले रहेको पनि सुनाए । राष्ट्रिय राजनीतिमा चुनौती रहेको र ती चुनौतीको सामान गर्ने दृढ इच्छाशक्तिका साथ एमाले अगाडि बढिरहेको उनको भनाइ छ ।





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १६:३०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया