कर्मचारीलाई खाजा भत्ता उपलब्ध गराउन अर्थमन्त्रीले पहल गर्ने

गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयअन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाका कर्मचारीलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताएका छन् ।

गृह मन्त्रालयमातहतको नेपाल निजामती कर्मचारी युनियनको ८ औँ विभागीय अधिवेशनमा बोल्दै गृहमन्त्री खाँणले मन्त्रालयअन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाका कर्मचारीलाई खाजा भत्ता उपलब्ध गराउन अर्थमन्त्रालयसँग पहल गरिरहेको बताएका हुन् ।

उनले सरकारी कार्यालयमा काम गर्ने अवधि बढाएपछि ओभरटाइमको पैसा दिन नसके पनि खाजा खाने व्यवस्था मिलाउनु पर्ने बताए । उनले हाल नागरिकता, ई–पासपोर्टका लागि लाइन रहेको सन्दर्भमा केही जिल्लाले कार्यालयको समयावधि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बढाएको बताए ।

‘कम्तिमा हामीले काम गर्ने समयावधि बढाउँदा सुरक्षा निकायलाई, गृहमातहतका निकालाई ओभरटाइम नदिए पनि कम्तिमा खाजा खाने भत्ता त दिनुहोस् । सर्भिस डेलिभरी दिनुपर्यो । त्यसले जनताको समय पनि बच्छ । लाइनमा समय नलागेपछि उहाँहरूले उत्पादनमा काम गर्नुहुन्छ, उद्योग, व्यवसाय गर्नुहोला । त्यसैले अर्थमन्त्रालय यसमा उदार बनिदिनुहोस्’ उनले भने ।

गृहमन्त्री खाँडले कर्मचारीलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीले सरकारलाई सचेत गराउनु पर्ने बताए । उनले सरकार र सरकारी कार्यालय सबैको साझा भएकोले सबैको सद्भाव हुने किसिमले काम गर्न पनि कर्मचारीलाई निर्देशन दिए । गृहमन्त्री खाँडले सरकारले गरेका काममा सुझाव र प्रतिक्रिया दिने काम कर्मचारीको भएकोले जनताको माग बुझेर सरकारलाई दबाब दिन पनि आग्रह गरे ।

सरकारले कर्मचारी र कर्मचारीले सरकारलाई गालीगलौज गरेर मात्रै देशको विकास नहुने भन्दै भएका समस्याको समाधान गरेर अघि बढ्नु पर्ने बताए ।





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १७:५१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया