कोरोनाबाट दिल्ली र महाराष्ट्र बढी प्रभावित, २४ घण्टामा थपिए ६० हजारभन्दा बढी संक्रमित

नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै भारतमा कोरोना संक्रमण दर निरन्तर उकालो लागिरहेको छ । राजधानी नयाँ दिल्लीसहित भारतका धेरै राज्यमा फेरि संक्रमणदर तीव्र गतिमा बढिरहेको हो । 

गत २४ घण्टामा भारतमा १ लाख ४७ हजार नयाँ संक्रमित थपिएका छन् । जसमध्ये दिल्लीमा मात्र २० हजार १८१ व्यक्तिमा संक्रमित थपिएका छन् । योसँगै दिल्लीमा सक्रिय संक्रमितको संख्या ४८ हजार १७८ पुगेको छ । त्यहाँ संक्रमणदर बढेर १९.६ प्रतिशत पुगेको छ । दिल्लीमा २४ घण्टामा ११ हजार ८६९ जना भने संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, महाराष्ट्रमा २४ घण्टामा सर्वाधिक ४१ हजार ४३४ जनामा कोरोना पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हालसम्म भारतको २७ राज्यमा ३ हजार ७१ जनामा ओमिक्रोन पुष्टि भएको छ । जसमध्ये १ हजार २०३ जना संक्रमणमुक्त भइसकेका छन् ।

ओमिक्रोनबाट सबैभन्दा बढी महाराष्ट्र प्रभावित भएको छ । यहाँ हालसम्म १ हजार ९ जनामा ओमिक्रोन पुष्टि भएको छ । ​महाराष्ट्रमा अहिले १ लाख ७३ हजार सक्रिय संक्रमित रहेका दैनिक जागरणले लेखेको छ ।  
 





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार ८:१५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया