[फरकधार राउण्डटेबल] देशमा शैक्षिक वातावरण कस्ताे छ भन्ने साेच्ने समय आएकाे छ: शालिकराम भण्डारी

(नोटः उच्च शिक्षा अध्ययनका लागि वर्षेनी नेपाली विद्यार्थीहरु अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, भारतलगायतका देशमा जान्छन् । तर, दुई वर्ष यता कोरोनाभाइरस महामारीका कारण यो सम्भव हुन सकेको छैन । अब विस्तारै विश्वभरका देशहरुले आफ्नो सीमा खोलेका छन्, विद्यार्थीहरु पढ्नका लागि विदेश जान थालेका छन् । यही सन्दर्भमा फरकधारले शैक्षिक परामर्शदाताहरुसँग राउन्डटेबल आयोजना गरेको थियो– विदेशमा उच्च शिक्षाः अहिलेका अवस्था, अवसर र चुनौती । त्यही राउन्ड टेबलमा सहभागीहरुको विचार हामीले क्रमशः प्रकाशन गरिरहेका छौँ ।) 

पछिल्लो वर्षमा देखिएको कोरोनाभाइरस महामारीका कारण केही न केही परिवर्तन आएकै छ । हामीले यी दुई वर्षमा अनलाइन पढ्ने मात्रै नभएर काम पनि गर्ने भएका छौँ । 

कतिसम्म भने यो महामारीको समयमा इनरोल भएका विद्यार्थीहरुसँग उनीहरु जाने समयमा मात्र भेट भएको छ । यसको अर्थ हो, हामीले अनलाइनबाट पनि काम गर्न सक्ने रहेछौँ । यस अर्थमा बुझ्दा हामीले महामारीका कारण थ्रेट मात्र महसुस गर्नु परेको छैन, हामीले यसलाई अवसरका रुपमा पनि लिन पाएका छौँ, अवस पनि सिर्जना भएको छ । यो अवस्था नेपालमा मात्र होइन, विदेशमा पनि भएको छ, विदेशमा पनि अनलाइनबाट कामहरु भएका छन् । 

अब नेपालमा नै रहेर विभिन्न ठाउँमा काम गर्न सकिने रहेछ । अहिले विश्वका विभिन्न देशमा केही अजेन्टहरुले अफलाइन अफिसलाई बन्द गराएका छन्, अनलाइनमात्र पनि बनाएका छन् । केही अनलाइन पोर्टलबाट नै बिजनेस मोडलको सुरुवात पनि भइसकेको छ । तर, हामी यसमा अलिक पछाडि परेका छौँ कि भन्ने लाग्छ ।

भारत वा अरु देशले गरिरहेका छन् भने हामीले पनि यसको सुरुवात गर्नु पर्ने हो, हामीले पनि यसलाई अगाडि बढाउनु पर्ने हो । हामी समयमा नै चनाखो भएर अगाडि बढ्ने हो भने यो महामारीले चुनौतीमात्र सिर्जना गर्ने होइन, हामीलाई अवसर पनि सिर्जना गर्ने हो भन्ने हामीले बुझ्नु पर्छ । 

पछिल्लो समय विश्वभर ग्लोबल सिटिजनको कुरा आइरहेको छ, अब यो विषयमा लामो समयसम्म कुनै परिवर्तन हुँदैन । मानिसहरु अब एउटा देशमा मात्र सिमित भएर बस्न रुचाइरहेका छैनन्, उनीहरु दुबई, सिंगापुर, युरोेप वा अमेरिकामा बसिरहेका छन् र त्यहाँबाट अफिसहरुमा काम भइरहेको छ । 



तर, यो सब हुँदहुँदै पनि औपचारिक अध्ययनका लागि फिजिकल स्टडी नै महत्त्वपूर्ण मान्न सकिन्छ, मान्न सकिन्छ । पछिल्लो समय हामीले विदेशका कलेजमा पढ्ने भनेको त्यहाँको कलेजमा जाने मात्र होइन, त्यहाँको समाजलाई पनि बुझ्ने हो, त्यहाँको औपचारिक ज्ञान लिने पनि हो ।

नेपालमा पनि पछिल्लो समय अमेरिका तथा अरु विदेशका देशहरुले आउटसोर्सिङ गरिरहेका छन्, हामीले पनि त्यसलाई अवलम्बन गर्न सकिन्छ । हो, कोरोनाभाइरसका कारण केही चुनौतीहरु विश्व बजारमा नै देखिएको छ । तर, यसलाई पनि व्यवस्थापन गरेर अगाडि बढ्नु अब आवश्यक छ ।



नेपालबाट विद्यार्थी बाहिर पढ्न जाँदा पैसा बाहिरियो भन्ने गुनासो आइरहेको छ । तर, हामीले यस विषयमा सरकारको प्रभावकारी नीति तथा नियम पाउन सकेका छैनौँ । अब हामीले कसरी यसलाई अगाडि बढाउने भन्ने महत्त्वपूर्ण विषय हो, अहिले देखिएका समस्या समाधानका लागि हामीले र सरकारले विशेष पहल गर्नु पर्ने देखिन्छ ।

नेपालमा हामीले अध्ययनका लागि कस्तो वातावरण बनाएका छौँ भन्ने विषयमा पनि सोच्नु जरुरी छ । हाम्रो छिमेकी भारतमा नै अहिले निकै राम्रा विश्वविद्यालयहरु खुलिसकेका छन् । तर, नेपालमा कस्तो वातावरण बनिरहेको छ त ? यसबारे सोच्ने समय आएको छ । विद्यार्थीहरुबाट आएको रेमिटेन्समा हाम्रो कन्ट्रिब्युसन मात्र होइन, हामीले गरेका सकारात्मक पक्षबारे सोच्नु पर्ने पनि हुन्छ ।

(भण्डारी इक्यान तथा नायरका सदस्य हुन् ।)

भिडियोः 

  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १५:२०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया