नेपालमा पछिल्लो ११६७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा सक्रिय कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार ७ सय ५५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यो समयमा २ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।
यो समयमा १२ हजार ६ सय ३२ जनाको कोरोनाभाइरस परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यही समयमा काठमाडौं जिल्लामा मात्र ४ सयभन्दा बढी संक्रमित थपिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।