एमाले बैतडी अध्यक्षमा पुनः पाल

नेकपा एमाले बैतडीको अध्यक्षमा सुरेन्द्र पाल चयन भएका छन् । शुक्रबारदेखि सुरु भएको एमाले बैतडीको अधिवेशनमा दुई दिनको रस्साकस्सिपछि अध्यक्षमा पुनः पाल सहमतिका आधारमा चयन भएका हुन् । उनी यसअघि पनि अध्यक्षमै रहेका थिए ।  

अध्यक्षमा दाबी गरिरहेका गोरखबहादुर चन्दले सहमति जनाएपछि पाललाई अध्यक्ष घोषणा गरिएको एमाले बैतडीले जनाएको छ । यसअघि दुई पक्षबीच निर्वाचन नै हुने कार्यतालिका सार्वजनिक गरेको थियो । 

पालको नेतृत्वमा ९० सदस्यीय जिल्ला कमिटी गठन भएको छ । यस्तै, उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारी चयन भएका छन् ।





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १७:३३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया