निर्वाचनमा ढिलाइ भएपछि एमाले कैलालीमा लफडा, प्रतिनिधिले मतपेटिका र मतपत्र फालिदिए

नेकपा एमाले कैलालीको आठौँ जिल्ला अधिवेशनका क्रममा लफडा भएको छ । निर्वाचनमा ढिलाइ भएको भन्दै प्रतिनिधिले नाराबाजी गर्दै मतपेटिका फालिदिएका छन् । मतपत्र पनि छरिदिएका छन् । झडपपछि कैलालीको निर्वाचन अनिश्चत भएको छ । 

अन्य जिल्लाजस्तै शुक्रबार देखि सुरु भएको हो । जिल्ला नेतृत्वका लागि सहमती हुन नसकेपछि निर्वाचन टोलीले शुक्रबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका अनुसार अहिलेसम्म मतदान सम्पन्न हुनुपर्ने हो । तर, मतदान सुरु हुन नसकेपछि प्रतिनिधिहरुले हुलदंगा मच्चाएका हुन् । 

निर्वाचन समितिले सहमतिको प्रयास जारी रहेको भन्दै मतदान सुरु नगरेको एमाले एक नेताले बताए । ‘केन्द्रले सहमतिमै जिल्ला नेतृत्व चयन गर्नुपर्ने दबाब दिएको छ’, ती नेताले भने, ‘त्यसले गर्दा पनि दुई पक्षबीच सहमतिको प्रयास भइरहेको हो । निर्वाचन कार्यतालिकाअनुसार आइतबार बिहान मतदान गर्ने कार्यक्रम थियो । समयमै मतदान सुरु नगरेको भन्दै प्रतिनिधिहरुले निर्वाचन समितिविरुद्ध नाराबाजी र तोडफोड गरेका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीमा १ सय ५० पदमा ३२९ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दको उम्मेदवारी छ । उपाध्यक्षमा दुर्गा जोशी र सीताराम बुढाथोकीको उम्मेदवारी परेको छ । सचिवमा दानबहादुर विक र डेजी पाण्डेको उम्मेदवारी छ । यस्तै उपसचिवमा मदन ओझा, प्रेम चौधरी, ममता चौधरी, लोकेन्द्र साही र विनय शाहको उम्मेदवारी परेको छ ।

१२ पदको खुला पुरुषमा ५७ जनाको उम्मेदवारी छ । खुल्लातर्फ १२ महिला निर्विरोध निर्वाचित भएका छन् । भूगोलतर्फ १ बाट २५, जना २ बाट ३१ जना, ३ बाट २० जना, ४ बाट ३० र ५ बाट ३० जनाले मनोनयन दर्ता भएको छ । 



५ वटै निर्वाचन क्षेत्रबाट भूगोल महिला ५–५ जनाका दरले २५ जना निर्विरोध निर्वाचित भएका छन् । जनजातितर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ । महिलातर्फ २ जना निर्वाचित भइसकेका छन् ।

दलिततर्फ ८ पदमा १७ जनाको उम्मेदवारी छ । राना थारुतर्फ ८ जनाको पदमा १५ जनाको उम्मेदवारी छ । राना थारुतर्फ ५ महिला निर्विरोध निर्वाचन भएका छन् । पेसागत खुल्ला तर्फ १ पदमा २ जनाको उम्मेदवारी छ । १ पदमा महिला निर्विरोध भएका छन् ।



मजदुरतर्फ पुरुष र महिला गरी ३ जना निर्वाचित भएका छन् । दलिततर्फ ८ जनामा १७ जनाको उम्मेदवारी छ भने महिलातर्फ ४ जनाको पदमा ९ जनाको उम्मेदवारी छ । अपांगतातर्फ १ पदमा ३ जनाको उम्मेदवारी छ । अल्पसंख्यकमा पनि १ जनाको पदमा ३ जनाको उम्मेदवारी परेको छ ।

  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १८:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया