आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण : गभर्नर अधिकारी
फाइल तस्वीर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले चालु आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको बताएका छन् ।

आइतबार संसद्को सार्वजनिक लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै गभर्नर अधिकारीले चालु आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको बताएका हुन् । उनले पछिल्लो समय लक्ष्य हासिल गर्ने केही सिङ्गलहरू भए पनि ७ प्रतिशत आर्थिक वृद्धिदर पुग्न चुनौती रहेको बताए ।

गभर्नर अधिकारीले चालु पुँजीगत खर्च बढाउन नसक्दा तथा समस्या कारण लक्ष्य हासिल गर्न समस्या रहेको बताए । उनले आर्थिक वृद्धिको लक्ष्य मात्रै नभएर चालु वर्ष मूल्यवृद्धि स्थिर राख्न नसकेर मूल्यवृद्धिसमेत बढ्ने देखिएको बताए । 

त्यस्तै, गभर्नर अधिकारीले छोटो समयमा उठाइने आन्तरिक ऋणका कारण बैंकिङ प्रणालीमा थप तरलता समस्या हुने बताए । उनले सरकारले आन्तरिक ऋण उठाउने बेला भएको भन्दै त्यसले समस्या निम्तिने बताए ।

गभर्नर अधिकारीले चालु वर्ष ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठिसकेको बताए । उनले सरकारले २ खर्ब ५० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएकोमा अहिले अब बाँकी २ खर्ब ४४ अर्ब रुपैयाँ रहेको र त्यो पनि उठाउँदा झन् तरलतामा दबाब पर्ने बताए ।

गभर्नर अधिकारीले गत पाँच महिनामा मात्रै ३ अर्बको आयात भएको बताए । उनले हाम्रो जस्ता अर्थतन्त्र भएको मुलुकमा ३ खर्बको आयात बढ्दा बजारमा तरलता अभाव भएको बताए । उनले नेपालमा सबैभन्दा बढी तरलता बढी हुँदा २ खर्ब मात्रै रहेको बताए ।



चालु आर्थिक वर्षमा निर्यात १०५ प्रतिशतले बढे तापनि खुसी हुनुपर्ने स्थिति नभएको बताए । उनले वित्तीय प्रणालीको स्थिरताका लागि बैंकहरूको ब्याजदर नियन्त्रणको नीति लिएको बताए ।

त्यस्तै, गभर्नर अधिकारीले अर्थतन्त्रको प्रमुख चुनौतीका रूपमा विकास खर्च हुन नसक्नु भएको बताए । उनले पुँजीगत खर्चमा तीव्रता ल्याएर राष्ट्रिय गौरवका आयोजनाको प्रगतिलाई जोड दिनुपर्ने बताए । गभर्नर अधिकारीले अन्तर निकाय समन्वयलाई बढाउन सके विकास खर्च बढ्न सक्ने बताए ।



  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १९:१०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया