सरकारले युवा स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षबाट हटाएका डा. देवराज रोका (कल्याण)को पद थमौती भएको छ । उनलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
गत मंसिर २६ गते यससम्बन्धमा सर्वोच्चले अल्पकालीन आदेश जारी गरेको थियो । आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र बमकुकार श्रेष्ठको इजलासले सोही आदेशलाई निरन्तरता दिँदै अन्तरिम आदेश जारी गरेको हो।
रोका लाई कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले युवा स्वरोजगार कोषको उपाध्यक्षबाट हटाउने निर्णय गरेको थियो । अन्तरिम आदेश जारीसँगै सरकारको निर्णय कार्यान्वयनमा रोक लागेको छ।
रोका केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त भएका थिए । वर्तमान सरकारले हटाएपनि उनले कात्तिक ११ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।