कमल थापाले गरे बतासकाे बचाउ

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले बतास ग्रुपका मालिक आनन्दराज बतासकाे बचाउ गरेका छन् ।

उनले सामाजिक सञ्जालमा पाेस्ट गर्दै  बतास एक उद्यमी र आध्यात्मिक विचार भएकाे मिलनसार व्यक्ति भएकाे बताएका छन् ।

बतासले कानुनकाे उल्लंघन गरेकाे भए कानुनी कारबाही गरिनुपर्ने थापाकाे भनाइ छ ।

उनले लेखेका छन्, ‘आनन्दराज बतास बिरुद्ध अहिले चौतर्फी हमला भैरहेको छ ।भित्री रहस्य थाहा छैन । मैले चिनेको सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन् । उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ । चरित्रहत्या गरिनु ठिक होइन ।’ 

नारायणहिटी दरबार संग्रहालयमा कफीसप खाेल्नेदेखि थुप्रै ठेक्का हात पारेकाे समाचार आएपछि बतास अहिले चर्चामा छन् ।





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार ९:४२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया