एमाले कैलाली नेतृत्वको लागि मतदान सुरु

एमाले कैलाली नेतृत्वको लागि मतदान सुरु भएको छ । सोमबार बिहानबाट मतदान सुरु भएको हो । अध्यक्षलगायत पदाधिकारीमा असहमति भएपछि निर्वाचनमा गएकाे हाे ।

धनगढीस्थित ऋद्धिसिद्धी पार्टी प्यालेसमा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । मतदान दिउँसो १ बजेसम्म चल्ने समितिले जनाएको छ ।

अध्यक्षमा वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहितको उम्मेदवारी छ । उपाध्यक्षमा दुर्गा जोशी र सीताराम बुढाथोकीको उम्मेदवारी परेको छ।

सचिवमा दानबहादुर बिक र डेजी पाण्डेको उम्मेदवारी छ । उपसचिवमा मदन ओझा, प्रेम चौधरी, ममता चौधरी, लोकेन्द्र साही र विनय शाहले उम्मेदवारी दिएका छन्।

कैलालीमा ६०६ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

यसअघि आइतबार बिहान ८ बजेका लागि तोकिएको मतदान निर्वाचन समितिले प्राविधिक कारणले भन्दै दिउँसोसम्म सारेको थियो ।



तर साँझसम्म मतदान प्रक्रिया सुरु हुन सकेको थिएन । मतदानमा ढिलाइ भएको भन्दै प्रतिनिधिहरू आक्रोशित भएपछि अधिवेशन स्थलमा तनाव सिर्जना भएको थियो ।

दुई पक्षबीचको विवादका कारण निर्वाचन समितिले सोमबारसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको थियो ।



  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १०:१०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया