बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ

बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा श्यामनारायण श्रेष्ठ नियुक्त भएका छन् । 

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज साेमबार नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा श्रेष्ठलाई मुख्यन्यायधिवक्तामा नियुक्त गरेका हुन् ।

श्रेष्ठलाई उच्च अदालत पाटनका मुख्यन्यायाधीश नृपध्वज निरौलाले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन,२०७५ को दफा १४ बमोजिम प्रदेश प्रमुख शर्माको उपस्थितिमा सपथ खुवाइएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

सपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पाण्डे, आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, स्वास्थ्यमन्त्री निमा लामा, कृषि तथा पशुपन्छीमन्त्री बसुन्धरा हुमागाईं लगायतको उपस्थिति थियो ।





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १४:५९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया