नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी गरेको बताएकी छन् । 

सोमवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालले काठमाडौंमा आयोजना गरेको ‘नेपाल पावर मार्केट समिट’ लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तरदेशीय विद्युत व्यापारमा सहयोग पु¥याउन सरकारले नीजि क्षेत्रलाई विद्युत व्यापारको लागि अनुमति दिने तयारी गरेको जानकारी दिएकी हुन् । 

सरकारले नेपाल विद्युत व्यापार कम्पनीलाई अन्तरदेशीय विद्युत व्यापारको लागि अनुमति दिइसकेको पनि उनले जनाइन् । नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधि मस्यौदा गरिरहेको उल्लेख गर्दै उनले सरोकारवाला निकायहरुसँग पनि छलफल गरिने बताइन् । 

‘हालै सरकारले नेपाल विद्युत व्यापार कम्पनीलाई अन्तरदेशीय विद्युत व्यापारको अनुमति प्रदान गरेको छ । करिब दुई हप्ता अगाडीको क्याबिनेटबाट हामीले यो निर्णय गरेका छौँ । मन्त्रालय अन्तरदेशीय विद्युत व्यापारमा सहयोग पुगोस् भनेर नीजि क्षेत्रलाई पनि विद्युत व्यापारका लागि अनुमति दिने तयारीमा छ,’ मन्त्री भुसालले भनिन् । 

मन्त्री भुसालले सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लैजानु रहेको बताइन् । देशको समृद्धिका लागि विद्युतको उत्पादन र खपत वृद्धि गर्नुपर्नेमा उनको जोड थियो । 

देशको प्रतिव्यक्ति विद्युत खपत न्यून रहेकाले कम्तिमा प्रतिव्यक्ति विद्युत खपत ७०० युनिट पु¥याउनुपर्ने उनले बताइन् । 



‘हामीले चाहेको समृद्धिका लागि विद्युत उत्पादन र खपत वृद्धि गर्दै लैजानु पर्दछ । हाम्रो देशको प्रतिव्यक्ति विद्युत खपत न्यून रहेको छ । यसलाई कम्तिमा प्रतिव्यक्ति विद्युत खपत ७०० युनिट पुर्याउनुपर्ने । यसका लागि हाम्रो आन्तरिक विद्युत खपत करिब ५ हजार मेघावाट पु¥याउनु पर्दछ । हाल हाम्रो पिक आवरको विद्युत माग करिब १ हजार ६ सय ५० मेघावाट रहेको छ । सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लैजाने हो,’ मन्त्री भुसालले भनिन् । 

विद्युत खपत वृद्धि गर्नाका लागि सरकारले विद्युतिय चुल्होको प्रयोग र विद्युतिय सवारी साधनको प्रवद्र्धन गर्ने नीति लिएको मन्त्री भुसालले स्पष्ट पारिन् । 



  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १६:१२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया