कर्णालीमा एमाले अधिवेशनः चार जिल्ला सर्वसम्मत, चार जिल्लामा निर्वाचन

यही पुस २३ गतेदेखि सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा कर्णालीका चार जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । जुम्ला, सल्यान, रुकुमपश्चिम र डोल्पामा सर्वसम्मत नेतृत्व चयन भएको हो । बाँकी चार जिल्लाको नेतृत्वका लागि भने निर्वाचनको तयारी गरिएको छ । 

कर्णालीका हुम्ला र मुगु जिल्लामा भने मौसम प्रतिकुलका कारण अधिवेशन रोकिएको छ । 

नेकपा एमालेको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन हुनेहरुमा जुम्लामा शान्तिलाल महत, सल्यानमा गोबिन्दकुमार पुन, रुकुमपश्चिममा नन्दराम देवकोटा र डोल्पामा शेरबहादुर बुढा रहेका छन् । 

निर्वाचनको तयारी गरेका जिल्लाहरुमा सुर्खेत, कालिकोट, दैलेख, र जाजरकोट रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । 

उनका अनुसार सुर्खेतमा डण्डी शर्मा र अमृत बि.सी, जाजरकोटमा करबिर शाही र खिमबहादुर शाही तथा दैलेखमा सुर्यबहादुर शाही र रबिन्द्रराज शर्माबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

कालिकोटमा भने पाँचजना आकांक्षीहरु रहेको शाहले बताए । जसमा पुर्व उपाअध्यक्ष रमेशकुमार शाही, दयाराम सिंखडा, तुलाराज मल्ल, जसीप्रसाद पाण्डे र धिरबहादुर बम अध्यक्षका आकांक्षी रहेका हुन् । 



कालिकोट जिल्लामा सकेसम्म निर्वाचन नगर्ने गरि सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने तयारी भएको कारण उम्मेदवारी दर्ता नगरिएको शाहले सुनाए । 



  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १६:२०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया