पछिल्ला दिन नेपालमा कोरोना भाइरसको संक्रमण बढ्नेक्रम निरन्तर जारी रहेको छ ।
स्वास्थ्य तथा वातावरण मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशमा १ हजार ४४६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
कूल ११ हजार ४२९ जनामा कोरोना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण रहेको पाइएको हो । परिक्षण गरिएका कूल नमुनामध्ये १२.६९ प्रतिशतमा कोरोना संक्रमण रहेको पाइएको छ ।
पछिल्लो चौबिस घण्टामा कोरोना भाइरसको संक्रमणका कारण देशभर २ जनाको मृत्यु भएको छ ।
पछिल्लो चौबिस घण्टामा २५५ जना कोरोना संक्रमित निको भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ८५५ पुगेकोक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।