एमाले कैलालीको अध्यक्षमा थापा विजयी, चन्द ४ मतले पराजित

नेकपा एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले पराजित गर्दै थापा आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । 

थापाले २८७ मत पाउँदा चन्दले २८३ मत पाए ।

यस्तै उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै दुर्गाप्रसाद जोशी विजयी भएका छन् ।

जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाए । सचिवमा डेजी पाण्डेले २९४ मत ल्याएर विजयी भएका छन् । 

पाण्डे चन्द प्यानलबाट लडेका थिए । उनका प्रतिद्वन्द्वी दानबहादुर विकले २६० मत पाए । यस्तै उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन् ।

सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले अध्यक्षमा थापालाई सहयोग गरेका थिए । भट्टसँगै एमाले सुदूरपश्चिमका सहइञ्चार्ज कर्ण थापाले पनि थापा प्यानललाई नै सहयोग गरेका थिए । 



चन्दलाई नारदमुनी राना, झपट रावल, लिला भण्डारी, कमला वली, दीपक देवकोटा लगायतका नेताले सहयोग गरेका थिए ।
 



  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार ७:१९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया