पृथ्वीनारायण शाह इतिहासकाे आवश्यकता र आकस्मिकताका उपज हुन् : बाबुराम

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले   पृथ्वीनारायण शाह इतिहासकाे आवश्यकता र आकस्मिकताका उपज भएकाे टिप्पणी गरेका छन्।

‍राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकाे ३००औं जन्मजयन्तीकाे सन्दर्भमा भट्टराईले सामाजिक सञ्जालमा यस्ताे टिप्पणी गरेका हुन्।

उनले पृथ्वीनारायण शाहकाे देवत्करण र दानवीकरण दुबै गर्न नहुने पनि बताएका छन् । 

उनले लेखेका छन्, ‘पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं ! उनी इतिहासको आवश्यकता र आकस्मिकताका उपज हुन् । कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पुँजीवाद जन्मने हो । अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं । चुरो कुरो यो हो !’ 

विभिन्न जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको सम्झनामा हरेक वर्ष पुस २७ गते पृथ्वीजयन्ती मनाइँदै आइएकाे छ ।

यता आदिवासी जनजाति भने पृथ्वीनारायण शाहलाई हत्याराकाे संज्ञा दिई आजकाे दिनलाई कालाे दिनकाे रूपमा लिँदै आएका छन् ।



 



  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार ८:५१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया