आज पुस २७ अर्थात् राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकाे जन्मजयन्ती । आज पृथ्वी नारायण शाहकाे ३००औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशैभर धुमधामका साथ मनाइँदैछ ।
विभिन्न जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको सम्झनामा हरेक वर्ष पृथ्वीजयन्ती मनाइने गरिन्छ ।
पृथ्वीजयन्तीकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना सन्देश दिएका छन् ।
सामाजिक सञ्जालमा पृथ्वीनारायण शाहकाे याेगदान सम्झिई श्रद्धा अर्पण गर्नेहरू प्रशस्त देख्न सकिन्छ । यसै क्रममा नेकपा एमाले नेता भीम रावलले पनि कविता लेखेका छन् ।
नेता रावलले लेखेकाे कविता :
पृथ्वीतलमा पृथ्वी तिमीले नेपाल जुटायौ
एसियामाझ स्वाधीन देशको अस्तित्व जोगायौ
युगयुगसम्म सन्तति यहाँ सम्झना गर्नेछन्
सम्मानमा तिम्रो पुलकित हुँदै हृदय भर्नेछन् !
नेपाल एकीकरणका महान नायक पृथ्वीनारायण शाहको ३००अैां जन्मजयन्तीका अवसरमा उहाँप्रति हार्दिक श्रध्दाञ्जली!
— Dr. Bhim Rawal (@BhimRawal179) January 11, 2022
पृथ्वीतलमा पृथ्वी तिमीले नेपाल जुटायौ
एसिया माझ स्वाधीन देशको अस्तित्व जोगायौ,
युगयुग सम्म सन्तति यहाँ सम्झना गर्ने छन्
सम्मानमा तिम्रो पुलकित हुँदै हृदय भर्ने छन् !
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।