भारतमा बितेकाे २४ घन्टामा एक लाख ६८ हजार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी २२७ जना संक्रमितले ज्यान गुमाएका छन् ।
अघिल्लाे दिनकाे तुलनामा संक्रमितकाे संख्या घटेपनि मृत्यु हुनेकाे संख्या भने बढेकाे हाे । अघिल्लाे दिन १४६ जनाले ज्यान गुमाएका थिए भने एक लाख ७९ हजार ७२३ जना संक्रमित भएका थिए।
भारतमा सक्रिय संक्रमितकाे संख्या ८ लाख २१ हजार ४४६ रहेकाे छ ।
भारतमा हालसम्म ४ हजार ४६१ जनामा ओमिक्राेन भेरियन्ट पुष्टि भइसकेकाे छ ।
जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ५७ लाख ७ हजार ७२७ पुगेको छ भने हालसम्म चार लाख ८३ हजार ९३६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।