उत्तर कोरियाले एक सातामा दोस्रो पटक गर्यो मिसाइल परिक्षण

उत्तर कोरियाले एक सातामा दोस्रो पटक ब्यालेस्टिक मिसाइल परिक्षण गरेको छ । स्थानीय समय अनुसार मंगलबार विहान ७ः२७ बजे मिसाइल परिक्षण गरिएको थियो ।

जापानको कोष्ट गार्डले उत्तर कोरियाले मिसाइल परिक्षण गरेको पुष्टी गरेको हो । 

उत्तर कोरियाले यस्तो बेला मिसाइल परिक्षण गरिरहेको छ जतिबेला अमेरिका लगायत ६ राष्ट्रले मिसाइल परिक्षण गरी अस्थिरता नबढाउन आग्रह गरिरहेका छन् । 

उत्तर कोरियाले गत साता पनि मिसाइल परिक्षण गरेको थियो । गत साता परिक्षण गरेको मिसाइल हाइपरसोनिक भएको उत्तर कोरियाले दाबी गरेको थियो । 

गत वर्षको डिसेम्बरमा उत्तर कोरियाका नेता किम जोङ उनले सन् २०२२ मा राष्ट्रको सुरक्षामा ध्यान दिन बताएका थिए । त्यसैअनुरुप अहिले मिसाइल परिक्षण भइरहेको अनुमान गरिएको छ । 





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार ११:३८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया