करिब पाँच महिनापछि नेपालमा कोरोना संक्रमितको संख्या आज सबैभन्दा उच्च, थपिए २४ सय ४४ संक्रमित

पछिल्लो चौबिस घण्टामा नेपालमा २ हजार ४४४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३३ जनाको कोरोना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । 

परिक्षण गरिएकामध्ये १६.२५ जनामा कोरोना संक्रमण रहेको पाइएको छ । 

सोमबारको तुलनामा आज थपिएका कोरोना संक्रमितको संख्या ९५८ ले बढी हो । सोमबार देशभर १ हजार ४८६ जना नयाँ संक्रमित थपिएका थिए । 

पछिल्लो करिव पाँच महिनायता आज नेपालमा सबैभन्दा बढी कोरोना संक्रमित थपिएका हुन् । यसअघि गत असोज १ गते एकैदिन २ हजार ४५६ जना संक्रमित थपिएका थिए । त्यसपछि यति ठूलो संख्यामा संक्रमित आज थपिएका हुन् । 

मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । 



हाल नेपालमा कूल सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार ५२२ रहेको छ । 



  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १६:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया