एसइई परीक्षा पास भएको दुई वर्षसम्म लब्धांक आइपुगेन

बझाङकाे छविस पाथिभेरा गाउँपालिका–७ स्थित मजखोरी माध्यामिक विद्यालयबाट २०७६ सालमा एसइई परीक्षा पास गरेका विद्यार्थीले हालसम्म पनि मार्कसिट पाउन सकेका छैनन् । मजखोरी माविवाट २०७६ सालमा एसइई परीक्षा दिएका विद्यार्थीले अहिलेसम्म पनि  मार्कसिट पाउन नसकेको बताएका छन् ।

२०७६ सालमा मजखोजरी माविबाट एसइई परीक्षा दिएर पाए भए पनि अहिलेसम्म हातमा मार्कसिट नपरेको उत्तम मण्डेलले बताए । ‘सबै विद्यार्थीको मार्कसिट आयो, तर हामी एक–दुईजनाको  मात्र मार्कसिट आएन ।’ उत्तमले भने हामीसँगै परीक्षा दिएर पास भएका साथीहरु ब्याचलर पढ्न लागिसके हाम्रो मार्कसिट पनि आएके छैन । विद्यालयलाई बारम्बार भन्दा कुनै सुनुवाइ नै हुँदैन् । भविष्य नै अन्योलमा परेको छ ।’ 

उत्तम मण्डेलजस्तै दुई वर्षसम्म मार्कसिट नपाएका सोही विद्यालयमा अध्ययनरत अर्की छात्रा उर्मिला धामीको पनि गुनासो उस्तै रहेको छ । ‘विद्यालयमा गएर सोध्दा शिक्षकहरुले मार्कसिट भूलवस अर्को विद्यालयमा गएको र ल्याइदिने भन्दाभन्दै दुई वर्ष बित्यो । तर, पनि मार्कसिट आउन सकेको छैन,’ उनले भनिन् । 

विद्यालयले विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरेको उनीहरुको गुनासो छ। आफ्नो जिपिए बिग्रिएपछि सच्याइदिन विद्यालयसँग आग्रह गर्दा पनि विद्यालयले कुनै चासो नदिएको मजखोरी माविवाट २०७६ सालमा एसइई दिएका युवराज मण्डेलले बताए । ‘जिपिए सच्याउनका लागि विद्यालय प्रशासनसँग धेरैपटक आग्रह गर्दा पनि हालसम्म सच्याएका छैनन्,’ उनले भने, ‘यही विषयलाई लिएर म विद्यालयमा ३० पटक पुगिसकेँ । तर, विद्यालयले जिम्मेवार व्यवहार गरेको छैन ।’ 

यता, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बझाङले भने यो समस्या समन्वय इकाइबाट पनि समाधान नहुने जनाएको छ । विद्यालयको सिफारिसका आधारमा शिक्षा विकास समन्वय इकाइले परीक्षा बोर्डलाई दिएको सिफारिस लिएर विद्यार्थी परिक्षा बोर्डमा पुगेमा त्यो समस्या समाधान हुने जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बझाङका प्रमुख सुरेन्द्र कठायतले बताए । 

मार्कसिट नै विद्यालयमा नआइपुगेको विषयमा भने विद्यालय गम्भीर हुनुपर्ने उनले बताए ।  



यस विषयमा मजखोरी माविका प्रधानाध्यापक जनक बोहरा परीक्षा नियन्त्रण कार्यालममा नै पुगेको भए पनि केही सीप नलागेको शिक्षक राम धामीले बताए । विद्यालर्थीहरुको मार्कसिट ल्याउन तथा बिग्रिएको मार्कसिट सुधार्नका लागि प्रयास भइरहेको विद्यालय प्रशासनले जनाएको छ । 

विद्यालयका प्रअ जनक बोहरालाई यस विषयमा जानकारी लिन बारम्बार जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।



  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १८:५८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया