प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन दलहरूलाई बारको आह्वान
फाइल तस्वीर

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाउन राजनीतिक दलहरूलाई आह्वान गरेको छ । बारले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले संवैधानिक दायित्व पूरा गर्न नसकेको कारण देखाउँदै महाअभियोग अगाडि बढाउन दलहरूलाई आग्रह गरेको हो ।

‘प्रधानन्यायाधीशले हालसम्म गरेका र सार्वजनिक भएका विकृति, विसंगतीजन्य कार्यहरू र निजले दुई महिनाभन्दा बढी अवधिसम्मको संवैधानिक दायित्व निर्वाह गर्न असक्षम रहेको आधार र कारण नै महाअभियोगको लागि पर्याप्त भएकोले त्यसतर्फ संसद्मा उपस्थित राजनीतिक दललाई जिम्मेवार बनाउने कार्यमा यहाँहरूको सक्रिय साथ र सहयोगका लागि आह्वान गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

नैतिकताको आधारमा राजीनामा दिई प्रधानन्यायाधीशको पदको गरिमा कायम राख्न पनि जबराले नसकेको बारको आरोप छ । पदीय जिम्मेवारी पूरा गर्न अक्षम भइसक्दा पनि केवल औपचारिक हाजिरी जनाएर प्रधानन्यायाधीश जबराले थप क्षति पुर्याउन थाले बारेको भनाइ छ । साथै बारेले संवैधानिक कर्तव्य निर्वाह गर्न संसदमा उपस्थित सबै राजनीतिक दलको नेतृत्व गर्ने शीर्ष नेताहरूलाई ज्ञापनपत्र दिएको दुई महिना व्यतित भइसकेको पनि स्मरण गराएको छ ।

'संवैधानिक कर्तव्य निर्वाह गर्न हामीले संसदमा उपस्थित सबै राजनीतिक दलको नेतृत्व गर्ने शीर्ष नेताहरूलाई समेत ज्ञापनपत्र दिएको पनि करिब दुई महिना व्यतित भइसकेको छ । राजनीतिक दल तथा सांसदहरुले यस्तो संवेदनशील विषयलाई हालसम्म पनि वेवास्ता गरिरहेकोले न्यायिक अराजकतालाई केही दिनसम्म पनि लम्बिन दिनु नेपालको न्यायपालिका, कार्यपालिका तथा संसदकोसमेत कसैको हितमा हुने देखेका छैनौँ’ विज्ञप्तिमा भनिएको छ।





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार २०:३३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया