जबराकाे राजीनामा माग गर्दै बारको आन्दोलन जारी
फाइल फाेटाे

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसाेसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरूले आज पनि बिरोध प्रदर्शन गरेका छन् ।

बुधबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसाेसिएसन, सर्वोच्च अदालत बार एसाेसिएसनका पदाधिकारीहरूसहित कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेका हुन् । 

प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानुन व्यवसायीहरूकाे आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि भइरहेको बताए। 

उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिए ।

अधिवक्ता शर्माले भने, ‘न्यायालयमा देखिएको विकृति, विसंगतिका बिरुद्ध याे आन्दाेलन भइरहेकाे छ । न्यायालयमा स्वच्छता र पारदर्शिता हुनुपर्छ भन्ने हाम्राे माग हो । हाम्रो आन्दोलन भविष्यको अनिश्चित कालसम्म छ । जबसम्म चोलेन्द्रशमशेरले राजीनामा दिँदैनन्, तबसम्म यो आन्दोलन जारी रहन्छ । न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुन नेपाल बारले आन्दोलन गरेको छ ।’

त्यस्तै अधिवक्ता रामचन्द्र सिम्खडाले न्यायालयभित्र रहेका न्यायाधीशहरूको सम्पत्तिको छानबिन गर्नुपर्ने माग उठिरहेको बताए ।





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १४:१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया